breakingसमाचार

वीपी विचार राष्ट्रिय समाज चितवनको अन्तरक्रिया

२२ माघ, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले नेपाली काँगे्रसले वीपी कोइरालाको विचारलाई आत्मसाथ गर्न नसकेको आरोप लगाउनुभएको छ । वीपी विचार राष्ट्रिय समाज चितवनको कार्यकर्ताहरुसँग भरतपुरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले समाजले वीपी विचारलाई जनजनमा पु¥याउने कार्य गरिरहेको जानकारी दिनुभयो ।
नेपाली काँगे्रसका नेता समेत रहनुभएका जोशीले पार्टीले वीपीको विचारलाई आत्मसाथ गर्न नसक्दा इतिहासकै कमजोर अवस्थामा पुगेको बताउनुभयो । समाजले नेपाली काँगे्रसलाई बलियो बनाउनको लागि विभिन्न देशभर विभिन्न कार्यक्रमको आयोजना गरिरहेको उल्लेख गर्नुभएको छ । पार्टीले आयोजना गरेका कार्यक्रमलाई प्रभावित गर्नको लागि समाजले कुनै पनि कार्यक्रमको आयोजना नगर्ने उहाँको भनाई छ ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले वीपीको विचारलाई जनता र काँगे्रस कार्यकर्तासम्म पु¥याउनको लागि आफूहरुले देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो ।
वीपी विचार राष्ट्रिय समाज चितवनका सभापति हरिप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँगे्रस चितवनका सभापति जित नारायण श्रेष्ठ, सचिव उत्तम जोशी, वीपी विचार राष्ट्रिय समाज चितवनका पूर्व सभापति डा. इश्वरी लौडारी, सचिव देवकी गौतम, महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल लगायतले आफ्ना धारणा राख्नुभएको थियो । उहाँहरुले वीपी विचार राष्ट्रिय समाजले वीपीको विचारलाई जनता तथा पार्टीका कार्यकर्ताहरुमा पु¥याउन गरेका विभिन्न कार्यक्रमहरुको प्रशंसा गर्नुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button