समाचार

प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई राजीनामा दिन प्रधानमन्त्री ओलीको सुझाव

१६, साउन, काठमाडौैँ÷प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले शैक्षिक योग्यताको प्रमाण पत्रलगायतका विषयमा विवादमा मुछिएकाले राजीनामा दिएर सुरक्षित अवतरण गर्न जोशीलाई सुझाव दिएका हुन ।
सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका ओलीले जोशीले राजीनामा नदिए संसदीय सुनुवाई समितिमा रहेका नेकपा र सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसदलाई जोशीको नाम अस्वीकार गर्न निर्देशन दिएका छन ।
पन्ध्र सदस्यीय समितिमा नेकपाका नौ, अर्को सत्तारुढ दल फोरमका एक, सरकारलाई समर्थन गरेको राजपाका एक र कांग्रेसका चार सदस्य छन् ।

nema
Show More

Related Articles

Back to top button