समाचार

नेपाली सेनाको संख्या नघट्ने ः रक्षामन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको विद्यमान जनशक्ति घटाउने सरकारको योजना नरहेको बताएका छन् ।
राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाको जनशक्तिको सङ्ख्या मुलुकको आवश्यकताको उपज रहेको दाबी गरेका हुन ।
उपप्रधानमन्त्री पोखरेलले विगतको द्वन्द्वका बेला सेनाको सङ्ख्या बढेको बताउँदै यसलाई कुनै डाउन साइज गर्ने सरकारको नभएको स्पष्ट पारे । राष्ट्रको सुरक्षाको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाले विशेष प्रकारको जिम्मेवारी निर्वाह गर्दै आएको उपप्रधानमन्त्री पोखरेलको दाबी छ ।
उनले सेनाको जवानलाई माथिल्लो तहका सेनाका घरमा काम गर्ने कर्मचारीका रुपमा नराखिएको र त्यस्तो कमजोरी कही देखिए सुधार गरेर लैजाने स्पष्ट पारे ।
उपप्रधानमन्त्री पोखरेलले नेपाली सेना शान्ति सेना ९मिसन० मा खटाउँदा १५ प्रतिशत महिला सैनिक खटाउने र ज्येष्ठताका आधारमा शान्ति सेनामा पठाउने गरेको जानकारी दिए । उनले नेपालको संविधानको समावेशीकरणको अभ्यासअनुरुप नेपाली सेना भर्नादेखि छनोटसम्म सबैलाई समावेशीकरणको व्यवस्था गरिएको जानकारी दिए । शान्ति सेनाको पठाउने मुलुकको स्थानमा नेपाल पाँचौँ रहेको छ ।

nema
Show More

Related Articles

Back to top button