समाचार

एनआरएनएको उम्मेदवारी छनोटमा धाँधली भएको भन्दै उजुरी

काठमाडौं । गैरआवासीय नेपाली संघको चुनावमा भागलिने मतदाता नामावलीमा धाँधली भएको दावीका साथ मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको छ ।
निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैर आवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गरेको बताइएको छ ।
उजुरीमा छानबिन पूरा नहुञ्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गरिएको छ । बुधबार संघको निर्वाचन प्रक्रिया सुरु भएपनि मतदाता नामावलीको विषयमा उजुरी परेपछि समस्या देखिएको छ ।
मतदाता नामावलीमा धाँधली भएको दावीका साथ छानबिनका लागि परराष्ट्र मन्त्रालयमा यसअघि नै उजुरी परिसकेको छ । मतदाता नामावलीमा धाँधली भएको दावीसहित उजुरी परेपछि बुधबार बिहान सुरु हुने भनिएको उम्मेदवारी दर्तामा किचलो भएको छ ।
गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरि त्यस्तो गैरकानूनी कार्य अबिलम्ब रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयमा २०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मानिवेदन दर्ता गरिसकेको निवेदनमा उल्लेख गरिएको छ ।
परराष्ट्र मन्त्रायलबाट विश्व सम्मेलनमा संघको सचिवालयले गरेको कार्यको अनुगमन गरी आवश्यक निर्देशन नआउञ्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न उनले माग गरेका छन् ।
विभिन्न देशमा कार्यसमितिले छनौट गरेर पठाएका प्रतिनिधिको सूची अनैतिक हिसावले परिवर्तन गरेको बताउँदै संघका महासचिव बद्री केसीमाथि यसअघि पनि थुप्रै उजुरी परेका परेका थिए ।

nema
Show More

Related Articles

Back to top button