समाचार

तयारी नपुग्दा आगामी बर्षको मौद्रिक निति अनिश्चित

२७ असार, काठमाडौैँ÷ आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति अनिश्चित बनेको छ । शुक्रबार (आज) सार्वजनिक गर्ने पूर्वनिर्धारित कार्यक्रम तयारी नपुगेको भन्दै रोकिएका हो । सामान्यतया बजेट सार्वजनिक भएको एक महिनाभित्र बजेटले लिएका नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउन गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउने गरेको छ । तर, यसपटक बजेट सार्वजनिक भएको डेढ महिना बितिसक्दा पनि मौद्रिक नीति आउन नसकेको हो । असार २७ को पूर्वनिर्धारित मिति रद्द भएपछि अब अहिले आउने धन्ने नयाँ मिति तय हुन सकेको छैन्।
मौद्रिक नीति सार्वजनिक गर्ने पूर्वसन्ध्यामा नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य एव अर्थसचिव डा. राजन खनाल विदेश गएपछि मौद्रिक नीति ल्याउन समस्या भएको बताइएको छ । चालू आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन तयारसमेत नभएकाले मौद्रिक नीति ल्याउन ढिलाइ भएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

nema
Show More

Related Articles

Back to top button