समाचार

कक्षा १२ को परिक्षाफल सार्वजनिक

१७ साउन, काठमाडौैँ÷ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरेको छ । हिजो सार्वजनिक गर्ने तयारी भएको भए पनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल आज प्रकाशन गरिएको हो । बोर्डले यस वर्ष पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ ( अक्षराङ्कन) सिस्टममा प्रकाशित गरेको छ । गत वैशाख १४ गतेदेखि भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार र आंशिक तर्फ १ लाख १७ हजार परीक्षार्थी सहभागी थिए । नियमिततर्फ सम्मिलित परीक्षार्थी २ लाख ९९ हजार ६७५ थिए । जसमध्ये ९७ जनाको परीक्षा रद्द गरिएको छ भने २ जनाको स्थगित गरिएको छ । त्यसैगरी आंशिकतर्फका परीक्षार्थी १ लाख १७ हजार ४१४ जना थिए । परिक्षामा आंशिकतर्फ ३५ दशमलव २ प्रतिशत उतिर्ण भएका छन् । त्यसमध्ये २० जनाको परीक्षा रद्द गरिएको थियो भने ४ जनाको परीक्षा स्थगित गरिएको थियो । आंशिकतर्फ ४१ हजार ३२५ जना उत्तीर्ण भएका छन् ।
 

nema
Show More

Related Articles

Back to top button