breakingवी पी विचारसमाचार

कारागार सार्ने बाहानामा मारिएका शहीद खगेन्द्रराज दाहालका पिता डिल्लीप्रसादको निधन

२० बैशाख, काठमाडौैँ
काठमाडौंको केन्द्रीय कारागारबाट नख्खु कारागार सार्ने वाहनामा नख्खुको ओरालोमा मारिनु भएका शहीद खगेन्द्रराज दाहालका पिता डिल्लीप्रसाद दाहालको ९९ बर्षको उमेरमा निधन भएको छ । ओखलढुंगा, मुलुङ गाउँपालिका वडा नं. २ रामपुर निवासी दाहालको वैशाख १३ गते काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । वि.सं. २०३१ मा खगेन्द्रराज दाहाल सँगै लीलानाथ दाहाल, ठगीराम दाहाल र गोकर्णबहादुर कार्कीलाई निरंकुश पञ्चायती व्यवस्थाले कारागार सार्ने वाहनामा हत्या गरेको थियो ।
 
स्वर्गीय डिल्लीप्रसाद दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । स्वर्गीय दाहालको श्रीमती, दुई छोरा र तीन छोरीहरु हुनुहुन्छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा आफ्नो व्यक्तिगत र पार्टीको तर्फबाट समवेदना व्यक्त गर्नु भएको छ ।
यसैबीच वीपी विचार राष्ट्रिय समाजले पनि डिल्लीप्रसाद दाहालको निधनप्रति गहिरो दुःख ब्यक्त गरेको छ । समाजका सभापति कुलबहादुर (केवी) गुरुङ तथा सहसभापति गोविन्दराज जोशीले उहाँले पु¥याउनुभएको सक्रिय भूमिकाको स्मरण गदै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

Show More

Related Articles

Back to top button