breakingसमाचारनेपाली कांग्रेस

महामन्त्री शशांक भन्छन् : कांग्रेसको टेक्ने आधार भनेको कांग्रेसभित्रको एकता नै हो

गैंडाकोट : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस एक भए कम्युनिष्टले केही गर्न नसक्ने बताएका छन् । नवलपरासीमा डेमोक्रेटिक लयर्स एसोसियनको १० औं महाधिवेशन उदघाटनका क्रममा कांग्रेस महामन्त्री कोइरालाले कांग्रेसभित्रको एकतामा जोड दिए ।
सिंगो मुलुक बामपन्थीकरण भएका बेलामा कांग्रेसको टेक्ने आधार भनेको कांग्रेसभित्रको एकता भएको उनको भनाई थियो । ‘हामी एक हुँदा कुनै पनि कम्युनिष्टले केहि गर्न सक्दैनन् , उनले भने । आफु गुटको पक्षमा नरहेको भन्दै सिंगो पार्टीलाई एकढिक्का बनाएर लैजानु आफनो प्राथमिकतामा रहेको उनले बताए ।
nema
Show More

Related Articles

Back to top button