समाचार

मोदीको अभिनन्दनमा प्रदेश २ का ् मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ ।
मोदीको भ्रमणबारे आइतबार संसदलाई जानकारी दिँदै ओलीले मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्तउल्लेख गर्नुभयो ।
उहाँले नेपाल सरकारको नीति अनुसार नभएको स्पष्ट पार्नुभयो । जनकपुरधाममा शुक्रबार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिनुभएको थियो ।मुख्यमन्त्री राउतले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताउनुभ्एको थियो ।

nema
Show More

Related Articles

Back to top button