समाचार

गर्मीका कारण तराईका जिल्लाको जनजीवन प्रभावित

अत्यधिक गर्मीका कारण तराइका जिल्लाहरुको जनजिवन प्रभावित बनेको छ । झापा मोरङ सुनसरी सप्तरी लगायतका जिल्लामा केही दिन यता गर्मी बढेको हो । बिराटनगर ,बिरगञ्ज लगायतका स्थान तापक्रम ३५ डिग्रीको छेउछाउ पुगेको छ । गर्मी बढेसँगै अस्पतालहरुमा बिरामीको चाप बडेको छ भने सर्पदंशका घटनामा समेत बृद्धि भएको छ । भाइरल ज्वरो, टाइफाइड लगायतका बिरामीको संख्या बढेका कोशी अञ्चल अस्पताल विराटनगरले जनाएको छ । गर्मीले बजारमा मानिसहरुको चहलहलमा कमी आएको छ । बिशेष गरि बाहिर श्रम गर्ने श्रमिकहरु अधिक प्रभावित भएका छन । गर्मीका कारण बेहोस हुने समस्या पनि बढेर गएको छ ।

nema
Show More

Related Articles

Back to top button