समाचारविश्व

सिरियामा विद्रोहीको आक्रमणमा ४ रुसी सैनिकको मृत्यु

काठमाडौं, जेठ १४ । सिरियाको देर अल–जोर प्रान्तमा लडाकूको आक्रमणमा परी चार जना रुसी सैनिकको ज्यान गएको छ ।
सिरियाली सेनाको बन्दोबस्तीका सामान लिएर गइरहेका बेला लडाकुले गरेको हमलामा दुई जना सैन्य सल्लाहकार पनि मारिएको जनाइएको छ ।
घटनामा पाँच अन्य रुसी सैनिक घाइते भएको र तीमध्ये दुई जनाको पछि मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । घाइतेहरूको रुसी सैन्य अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच रुसको रक्षा मन्त्रालयले रुसी नेतृत्वको सैन्य टोलीले गरेको कारबाहीमा ४३ जना लडाकूको मृत्यु भएको जनाएको छ ।
गत नोभेम्बरमा सिरियाली सेनाले देर अल–जोर शहरलाई आफ्नो नियन्त्रणमा लिएको थियो । तर इस्लामिक स्टेट लडाकु समूह सो प्रान्तमा अझै पनि सक्रिय नै छ ।
आधिकारिक आँकडाअनुसार सिरियाली गृहयुद्धमा ९० जना रुसी सैनिकको ज्यान गइसकेको छ ।एजेन्सी

nema
Show More

Related Articles

Check Also
Close
Back to top button