breakingसमाचार

नेपालगञ्जमा प्रहरी र स्थानीय ब्यापारीबीच झडप

२३ बैशाख,२०७७
निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ । आज बिहान निषेधज्ञा जारी भएसँगै भएको झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड भएको जनाएको छ । बजार बन्द गराउने क्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
 
स्थानीय त्रिवेणी मोडमा खाद्यान्न पसल सन्चालन गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हातपात गरेको जनाइएको छ । प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
 
बजार बन्द गराउने क्रममा प्रहरीमाथि हातपात गर्ने व्यापारी गुप्तालाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गरिएको प्रहरी प्रवक्ता सिंहले बताउनु भयो । स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रमा आज बिहान ११ बजेदेखि वैशाख २५ गते मध्यरातसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्ति बाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ ।

nema
Show More

Related Articles

Back to top button