समाचार

प्रदेशसभा २ को बुधवारको वैठक स्थगित

११ वैशाख÷ बुधबार बस्ने भनिएको प्रदेशसभा २ को बैठक वैशाख १६ गतेसम्मका लागि स्थगित भएको छ ।
सत्तारुढ संघीय समाजवादी फोरम नेपालको प्रदेश २ को अधिवेशन र प्रतिपक्षी कांग्रेसको जागरण अभियान भएकाले बैठक सार्न आग्रह गरे बमोजिम बुधबारको बैठक स्थगित गरिएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।
प्रदेश २ मा तेस्रो अधिवेशन प्रारम्भ भएको एक महिना बितिसक्दा तीन वटा बैठक मात्र बस्न सकेको छ । प्रदेशसभामा छलफलका लागि ६ वटा विधेयक दर्ता भएको छ । प्रदेशभित्रका जिल्लामा आफ्नै प्रशासनिक अधिकारी राख्ने गरी तयार गरिएको विधेयक पनि छलफलका लागि प्रदेशसभामा दर्ता भइसकेको छ ।
प्रदेश लोकसेवा आयोगसम्बन्धी, दुग्ध विकास बोर्ड, बालबालिकाको अधिकार, संघ संस्था दर्तासम्बन्धी र स्वास्थ्य सेवासम्बन्धी विधेयक प्रदेशसभामा छलफलका लागि दर्ता गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button