समाचार

माटोमाथि नै कालोपत्रे, नगरपालिकका द्धारा निर्माण कार्य रोक्न निर्देशन, अटेर गरेको स्थानीयको गुनासो ।

कन्चनपुर, जेठ १६ । कञ्चनपुरको महाकाली नगरपालिकाले वडा नम्बर ४ मा भइरहेको सडक निर्माणको काम रोक्न आदेश दिएको छ ।
सडक निर्माणका क्रममा अनियमितता भएको देखिएको भन्दै नगरपालिकाले सडक निर्माणको काम तत्काल रोक्न ठेकेदारलाई निर्देशन दिएको हो ।
सडक कालोपत्रे गर्दा गिट्टीमाथीको माटो सफा गर्नुपर्ने भए पनि ठेकेदारले मापदण्ड विपरीत माटो माथी नै कालोपत्रे गरेको पाइएपछि स्थानीयले त्यसको विरोध गरेका थिए ।
नगरपालिकासँग भएको इस्टिमेटअनुसार सडक कालोपत्रे गर्दा अनियमितता देखिएकाले तत्काल काम रोकि सुधार गर्न निर्देशन दिएको महाकाली नगरपालिकाले निर्देशन दिएको हो ।
तर, नगरपालिकाले काम रोकि सुधार गर्न निर्देशन दिए पनि ठेकेदारले अटेरी गर्दै कालोपत्रे गर्ने काम जारी राखेको स्थानीयले बताएका छन् ।
गत पुस ३१ गते पन्त कन्स्ट्रसनसँग यही जेठ मसान्तसम्म काम सक्ने गरी ३३ लाख ९ हजार १ सय ३२ रुपैयाँमा ५ सय मिटर सडक कालोपत्रे गर्ने सहमति भएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button