breakingविचारवी पी विचारसमाचार

दुबई हुँदै क्रोएसिया जान लागेका २१ जना पक्राउ

 २०७९ माघ ४ गते

काठमाडौँ –

क्रोएसिया जान लागेका २१ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

विमान स्थलमा खटिएकाे नेपाल प्रहरीकाे टाेलीले दुबई हुँदै क्रोएसिया जान लागेका राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना लगायत २१ जना पक्राउ परेका हुन्।

उनीहरूको साथबाट जनही २ हजार देखि ३ हजार युरो बरामद भएको छ, जबकी राहदानीमा त्यति रकम दरपिट गरेको थिएन।

सोधपुछका क्रममा पदमबहादुर विश्वकर्माले पठाएको बयान दिएपछि प्रहरीले उनलाई पनि विमानस्थालको गेट बाहिर पक्राउ गरेको छ। उनको साथबाट १ लाख २० हजार रुपैयाँ बरामद भएको छ।

थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।

copied from desh sanchar

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button