समाचारविश्व

भारतमा छोपियो पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर

काठमाडौं । भारतको क्रिकेट क्लब अफ इन्डिया (सीसीआई)ले एक रेन्टुरेन्टमा राखिएको पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर छोपेको छ । जम्मू–काश्मिरको पुलवामा केन्द्रीय रिजर्व पुलिस बल (सीआरपीएफ)माथि भएको आतंकवादी आक्रमणपछि क्लबले यस्तो निर्णय लिएको हो ।

आक्रमणमा ४० जना सैनिकको ज्यान गएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्डको अनुमतिप्राप्त इकाई सीसीआईको मुख्यालय मुम्बईको ब्रेबार्न स्टेडियममा छ ।

सीसीआईको परिसरमा विश्वका धेरै पूर्व खेलाडीको तस्वीर राखिएको छ । यसमा सन् १९९२ को विश्वकप विजेता टोलीका कप्तान इमरान खानको तस्वीर पनि सामेल थियो । सीसीआईका अध्यक्ष प्रमेल उदाणीले यसबारे शुक्रबार फैसला गरिएको जानकारी दिएका छन् । उनले काश्मिरमा भएको आक्रमणको विरोधस्वरुप यस्तो कदम अघि बढाइएको बताए ।

उनका अनुसार अहिले इमरान खानको तस्वीर छोपिएको र यसमाथिको पर्दा कहिले हटाइने भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । इमरानले सोही मैदानमा सन् १९८७ मा दुई प्रदर्शनी खेल खेलेका थिए । सो मैदानमा एकमात्र अन्तर्राष्ट्रिय खेल उनले अष्ट्रेलियाविरुद्ध खेलेका थिए । सन् १९८९ मा नेहरु कपको उक्त खेलमा उनको कप्तानीमा पाकिस्तानी टोलीलाई जित हासिल भएको थियो । जसमा उनी खेलको म्यान अफ द म्याच समेत भएका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button