विश्व

टर्कीले सिरियामाथि जारी राखेको हवाइ हमलाको सर्वत्र आलोचना

काठमाडौं । टर्कीले अन्तर्राष्ट्रिय दवाव र अमेरिकी प्रतिवन्ध जारी रहेपनि सैन्य कारवाहीलाई एक सातादेखि निरन्तरता दिएको छ ।
तर, रसियाले टर्की र सिरियाबीच जारी सैन्य कारवाही तत्काल रोक्नुपर्ने बताएको छ ।
उत्तरी सिरियामा टर्कीको सैन्य कारवाही जारी रहेका बेला रसियाले टर्कीको उक्त कदम तत्काल बन्द हुनपर्ने धारणा सार्वजनिक गरेको हो ।
सिरियाका लागि मस्कोका विशेष दुत लभरेन्टिएभले दुवै देशबीच चलिरहेको सैन्य कारवाही मान्य नहुने बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तर कुर्द लडाकूहरु रहेका गाउँ र शहर कब्जा गरेपछि टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले सिरियन प्रजातान्त्रि सेना एसडीएफलाई अगाडि बढाउने योजनामा जोड दिने बताएका छन् । आक्रमणका कारण हजारौं सर्वसाधारण बिस्थापित भएका छन् ।

nema
Show More

Related Articles

Back to top button