समाचारविश्व

चिनियाँ विदेशमन्त्री र भारतीय सुरक्षा सल्लाहकारबीच भेटपछि तनाव कम हुने आशा

 
भारतको विदेश मन्त्रालयले सोमबार निकालेको विज्ञप्तिमा दुवै प्रतिनिधीले आफ्ना कुराहरु सहजै तर गहनरुपमा राखेको उल्लेख छ। गलवान उपत्यकामा भएको भिडन्तमा भएको २० जनाको मृत्यु र अन्य केहीको अवस्था गम्भीर रहेको बारे पनि छलफल भएको जनाइएको छ। साथै दुई देशका सरकार प्रमुखहरुले आपसका अघिल्ला भेटहरुमा देखिएका असहमतिलाई विवादसम्म पुग्न दिइने छैन भनी गरेका प्रतिबद्धताका विषयमा पनि कुरा उठेको बताइएको छ।
छलफलमा दुवै देशले वास्तविक सीमा रेखालाई सम्मान गर्ने र भविष्यमा सीमा क्षेत्रमा शान्ति भंग हुन नदिने विषयमा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। विशेष प्रतिनिधिबीच अन्तिमपटक गत डिसेम्बरमा भेटघाट भएको थियो।
यता चिनियाँ विदेश मन्त्रालयले पनि विज्ञप्ति जारि गर्दै सिमामा अग्रपंक्तिमा परिचालन हुने सेनाले मुठभेड नगर्न र तनावलाई कम गर्ने व्यवस्था मिलाइएको जनाएको छ।
असार २२, २०७७ मा प्रकाशित
nema
Show More

Related Articles

Back to top button