विश्व

म्यानमारमा स्थानीय बासिन्दाको बिचल्ली

बैशाख १६÷म्यानमारको उत्तरी राज्य काचिनका हजारौँ स्थानीयबासिन्दा घरबार छोडेर भागेका छन् । सरकारी सेना र आदिवासी काचिन विद्रोहीबीच झडप भएपछि स्थानीबासिन्दा भागेका हुन् । त्यहाँको सरकारी सेनाले काचिन विद्रोहीमाथि हवाई तथा स्थलगत आक्रमण गरेको थियो । अझै सयौँ आदिवासी युद्धग्रस्त क्षेत्रमा फसिरहेको त्यहाँका अधिकारीले बताएका छन् । चीनसँग सीमा जोडिएको काचिनका दशौं हजार स्थानीयबासिन्दाले घरवार छाडेर भागेको संयुक्त राष्ट्र संघले जनाएको छ । त्यहाँ काचिन आदिवासी समुदायले स्वतन्त्र राज्यको माग गर्दै लामो समयदेखि सशस्त्र आन्दोलन गर्दै आएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button