विश्व

रुसमा राष्ट्रपति पुटिन विरुद्ध प्रदर्शन गर्ने विपक्षी दलका नेता नावाल्नी पक्राउ

२३ बैशाख, काठमाडौ÷राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् । राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा नावाल्नीलाई प्रहरीले पक्राउ गरेको हो । पुटिनले चौथो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिने दिन नजिकिएसँगै विपक्षीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीको नेतृत्व नावाल्नीले गरेका थिए । मस्कोमा आयोजना गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा नावाल्नीसहित प्रदर्शनमा उत्रिएका एक हजार भन्दा बढि प्रदर्शनकारी पक्राउ परेको बीबीसीले उल्लेख गरेको छ । नावाल्नी रुसमा मौलाएको भ्रष्टाचार विरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएका नेता हुन् । उनले सन् २०११ देखि बेलाबेलामा पुटिन बिरुद्ध प्रदर्शनको नेतृत्व गर्दै आएको थिए । यसैबीच मस्कोमा पुटिनका हजारौं समर्थकले पुटिनको समर्थनमा ¥याली निकालेका छन् ।

nema
Show More

Related Articles

Back to top button