विश्व

उत्तर कोरियाली भूमिमा टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बने डोनाल्ड ट्रम्प

प्योङयाङ, असार १५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग दुई कोरियाको सीमास्थित गैरसैन्य क्षेत्रमा भेटघाट गरेका छन् ।
गत वर्ष हनोई शिखर सम्मेलन विनानिश्कर्ष टुंगिएपछि दुई नेताबीच पहिलो पटक भेट भएको हो । कुनै पनि वहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको भूमि टेकेको यो पहिलो अवसर हो ।
दुई कोरियाको धर्तीमा पाइला राख्नु गर्वको विषय भएको राष्ट्रपटि ट्रम्पले बताएका छन् । सँगै रहेका किमले पत्रकारसँगको दूर्लभ कुराकानीका क्रममा भेटवार्तालाई ट्रम्प र आफुबीचको उत्कृष्ट सम्बन्धको प्रतीकको रुपमा लिएको उल्लेख गरेका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग सिउलमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले किमसँगको भेटवार्ताबारे बताएका थिए ।
केही दिन अघिमात्र ट्रम्प र किमबीच पत्र आदान प्रदान भएका थिए । त्यसक्रममा दुवै नेताले अवरुद्ध वार्ता फेरि शुरु गर्ने सम्भावना रहेको संकेत गरेका गरेका थिए ।
उत्तर कोरियाले कोरियाली प्रायद्वीपको निशस्त्रीकरणमा सहमति जनाए पनि प्रतिबद्धता पालना नगरेको अमेरिकी आरोप छ ।

nema
Show More

Related Articles

Back to top button