विश्व

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख २८ हजार नाघ्यो

१८ बैशाख, २०७७
विश्वभर कोरोना भाइरस कोभिड–१९को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २ सय ६३ पुगेको छ । ४ महिना देखि २ सय १० वटा देशमा फैलिएको भाइरसको महामारीबाट ३२ लाख २१ हजार ५ सय ८४ जना संक्रमीत भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार, २४ घण्टामा मात्रै विश्वभर १० हजार बढीको मृत्यु भएको छ ।
 
भाइरस प्रकोपको इपिसेन्टर बनेको अमेरिकामा हालसम्म ६१ हजार ६ सय ६१ जनाको मृत्यु भएको छ । १० लाख ६४ हजार ५ सय ७२ जनालाई भाइरस संक्रमणको पुष्टी भएको छ । यसैगरी इटालीमा मृत्यु हुनेको संख्या २७ हजार ६ सय ९१, स्पेनमा २४ हजार २ सय ७५, फ्रान्समा २४ हजार ८७ र बेलायतमा २६ हजार ९७ जनाको मृत्यु भएको छ ।
 
यस्तै जर्मनीमा ६ हजार ४ सय ६७, ब्राजिलमा ५ हजार ५ सय १३, इरानमा ५ हजार ९ सय ५७, बेलजियममा ७ हजार ५ सय १ र चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा १ हजार ७९ जनाको मृत्यु भएको छ । त्यहाँ ३३ हजार ६२ जनामा संक्रमण पुष्टि भएकोृ भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
 
संसारभर १० लाख ५ हजार २ सय १७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १९ लाख ९० हजार ७ सय ८६ जनाको उपचार भइरहेको छ भने, ५९ हजार ८ सय १४ जनाको अवस्था चिन्ताजनक रहेको डब्लुएचओले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button