विश्व

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तिमा ६५ जनाको मृत्यु

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा ६५ जनाको मृत्यु भएको छ । कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा आज बिहान आगलागी हुँदा अन्य ४२ जना घाइते भएका छन् । सिलिन्डर विस्फोटका कारण आगलागी भएको हुनसक्ने पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएको बताइएको छ । घाइते भएकाहरुको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।
प्रधानमन्त्री इमरानको राजीनामा माग
प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन भएको छ । विपक्षी पार्टी एवं पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा—ए—इस्लाम जेयूआईले प्रधानमन्त्री खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको हो । जेयूआईको प्रदर्शनलाई विपक्षी पार्टीहरु पीपीपी मुस्लिम लीग नवाजले समेत समर्थन गरेका छन् ।यद्यपि प्रधानमन्त्री खानले राजीनामा दिन अस्विकार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button