विश्व

ट्रम्प–किम वार्ताको मिती र स्थान तय, जेठ २९ मा सिंगापुरमा हुँदैछ ऐतिहासिक भेट

सम्बन्ध सुधारको बाटोमा रहेका अमेरिका र उत्तर कोरियाका शीर्ष नेताबिच आउँदो ऐतिहासिक वार्ता हुँदैछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच प्रस्तावित वार्ताको तयारी बितेको महिनादेखि गोप्य रुपमा भइरहेको थियो ।
तर अब दुई नेताबिच हुने भनिएको वार्ताको सयम र स्थान पनि सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ उत्तर कोरिया गएर फर्किए लगतै वार्ताको स्थान र समय सार्वजनिक गरिएको हो ।
आउँदो जुन १२ (जेठ २९ गते) ट्रम्प र किमबिच वार्ता हुने तय भएको हो । यसम्बन्धी जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै दिएका हुन् । ट्रम्प र किमबिच अमेरिका वा उत्तर कोरियामा नभइ सिंगापुरमा भेटवार्ता हुने भएको छ । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर यो अवसरलाई विश्व शान्तीका लागि विशेष अवसर बनाउन आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । गएको मार्चमा ट्रम्पले उत्तर कोरियाले गरेको वार्ता प्रस्ताव स्वीकार गरेका थिए ।
केही महिनाअघिसम्म को भन्दा को कम भन्दै एक अर्काको आलोचनामा समय बिताउने दुई देश अहिले सम्बन्ध सुधारको बाटोमा छन् ।
परमाणु हतियारको स्वीच तेरो भन्दा मेरो ठूलो भन्ने वाक युद्धमा लागेका अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबिच ऐतिहासिक वार्ता हुने भएको हो ।
वार्ताको अन्तिम तयारीका लागि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बुधबार उत्तर कोरिया गए । एक महिनाअघि गुप्तर विभाग सिआइएको निर्देशकको रुपमा गोप्य भ्रमणमा उत्तर कोरिया पुगेका पोम्पेओ यसपटक औपचारिक रुपमै उत्तर कोरिया पुगेका हुन् र यसपटक उनी विदेश मन्त्रीको हैसियतमा ।
पोम्पेओको यसपटकको भ्रमणले अमेरिका–उत्तर कोरियामा वर्षौँदेखि जमेर बसेको ओस ओभानो बनेजस्तो देखिएको छ । उत्तर कोरियाले गएको १७ महिनादेखि बन्धक बनाएका तीन अमेरिकी नागरिकलाई रिहा गरेको छ । अमेरिकाले वार्ताको वातावरणका लागि बन्धक बनाइएका अमेरिकीलाई रिहा गर्नु पर्ने बताउँदै आएको थियो ।
उत्तर कोरियाले रिहा गरेका तीन अमेरिकी नागरिकमा किम हक–सोङ्ग, टोनी किम र किम डोङ्ग–चुल रहेका छन् । उनीहरु तीनैजनालाई आफ्नो देश विरुद्ध गतिविधि गरेको भन्दै उत्तरु कोरियाले जेल हालेको थियो । यस्तै उनीहरुलाई श्रम शिविरमा पनि राखिएको थियो ।
nema
Show More

Related Articles

Back to top button