विश्व

कच्चा तेलको मूल्य बढाउने साउदीको चेतावनी

१३ असोज, काठमाडौँ÷ साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले विश्व बजारमा तेलको मूल्य कल्पना गरेभन्दा धेरैले बढन सक्ने चेतावनी दिनुभएको छ । इरान विश्वका लागि खतरा रहेको र विश्व समुदाय इरानलाई रोक्नका लागि तत्काल सक्रिय नभएमा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने उहाँको दाबी छ । गत सेप्टेम्बर १४ मा साउदी अरेबियाका सरकारी स्वामित्वमा रहेका दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन तथा क्रुज मिसाइल आक्रमण भएपछि अमेरिका सहितका देश साउदी अरेबियाको पक्षमा उभिएका हुन् । साउदी अरेबियासँगै अमेरिका, बेलायत, जर्मनी, फ्रान्ससहितका देशले विश्व बजारमा ठूलो मात्रामा तेल आपूर्ति गर्ने साउदी प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको संलग्नता रहेको बताउँदै आएका छन् । इरानले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । अमेरिकी टेलिभिजनसँग कुराकानी गदै युवराज सलमानले इरानका गतिविधि भड्काउ र खतरनाक रहेको तर आफू त्यसको समाधानका लागि सैन्य विकल्पको सट्टा राजनीतिक या कूटनीतिक समाधानकै पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

nema
Show More

Related Articles

Back to top button