विश्व

युरोपका अधिकांश देशमा बढेको तापक्रमले जनजिवन प्रभावित

१८ साउन— युरोपका अधिकांश देशमा बढेको तापक्रमले जनजिवन प्रभावित भएको छ । केही राष्ट्रमा तापक्रम बढ्ने क्रम रहेकाले जनजीवनमा असर पार्ने अनुमान युरोपको मौसम पूर्वानुमान महाशाखाले गरेको छ । ग्रीसको तापक्रम ४८ डिग्री सेल्सियस पुगेको छ । स्पेन र पोर्चुगलको तापक्रम पनि ४७ डिग्री पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । उता, इटलीमा पनि तापक्रम ४७ दशमलव ५ डिग्री पुगेकाले रोमका जनता प्रभावित भएका छन् । तापक्रममा भारी बृद्वि भएसँगै युरोपका अधिकांश शहरका मानिसको हिँडडुलमा कमी आएको छ । तापक्रम बृद्धिसँगैे जनजीवन प्रभावित बन्नुका साथै पर्यटकहरु मारमा परेका छन् । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिनसम्म तापक्रम बढन सक्ने हुनाले सम्बन्धित देशका सर्वसाधारणलाई सचेत रहन अपील गरेको छ ।

nema
Show More

Related Articles

Back to top button