विश्व

भोट हाल्दा झुक्किएपछि मतदाताले औंला नै काटे

काठमाडौं ÷ भारतमा बिहिबार भएको लोकसभा निर्वाचनमा भूलवश अर्कै पार्टीलाई मतदान गरेपछि एक मतदाताले हातको औँला काटेका छन्।
उत्तर प्रदेशको बुलान्दसरका मतदाता पवन कुमारले आफूले स्थानीय बहुजन समाज पार्टीलाई मतदान गर्न चाहेको तर विद्युतीय मेसिनमा आफू झुक्किएपछि भारतीय जनता पार्टीलाई मतदान हुन पुगेको भन्दै औँला काटेर फ्याँकेका हुन्। उनले मतदानमा सहभागी भएको संकेतस्वरूप मसी लगाइएको औंला काटेर फालेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
विद्युतीय मतदान मेसिनमा राजनीतिक दलको चुनावी चिह्नसँगै नाम पनि भएको भए आफू अलमलमा नपर्ने ती मतदाताको भनाई छ । भारतीय जनता पार्टीको चुनाव चिह्न कमलको फूल रहेको छ भने बहुजन समाज पार्टीको चुनाव चिह्न हात्ती रहेको छ। भारतमा बिहिबार दोस्रो चरणको लोकसभा चुनाव अन्तर्गत ९५ सिटका लागि मतदान भएको थियो ।

nema
Show More

Related Articles

Back to top button