समाचारविश्व

बहुप्रतिक्षित ट्रम्प–किम वार्ता सेन्तोसामा हुँदैछ विश्वको नजर त्यतै

ट्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग–उनबिच मंगलबार सिंगापुरमा बहुप्रतिक्षित र ऐतिहासिक वार्ता हुँदैछ ।
वार्ताका लागि दुवै देशका नेता आइतबार अबेर सिंगापुर पुगेका छन् । ट्रम्प र किमबिच सिंगापुरको सेन्तोसा आइल्याण्डको एक पाँच तारे होटलमा वार्ता हुनेछ ।
वार्तामा उत्तर कोरियाको परमाणु कार्यक्रम र उसको परमाणु हतियार निशस्त्रिकरणका बारेमा छलफल हुनेछ । ट्रम्प कार्यकालमै रहेका बेला उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्दैछ ।
ट्रम्पले वार्तालाई शान्तीका लागि ‘वन टाइम सट’ को रुपमा परिभाषित गरेका छन् । उत्तर कोरियाले अमेरिकासँग नयाँ सम्बन्ध स्थापित गर्न चाहेको र त्यसका लागि वार्ता रहेको बताएको त्यहाँको राष्ट्रिय समाचार संस्थालाई उद्धृत गर्दै जनाइएको छ । वार्ताका लागि दुवै नेताहरु सेन्तोसा आइल्याण्ड तर्फ जाँदैछन् ।
हुन्छ वा हुँदैनको दोधारमा धेरैपटक देखिएको वार्ता अन्ततः मंगलबार हुन लागेको हो । यसलाई कोरियाली प्रायद्विपमा रहेका तनाव अन्त्य गर्ने मौकाको रुपमा हेरिएको छ ।
यो वार्ताले ट्रम्प–किम सम्बन्धमा पूर्ण परिवर्तनको अवस्था देखाउँछ । गएको वर्ष दुवै नेताले एक अर्काको तीव्र आलोचना गर्ने तथा युद्धको चेतावनी दिने गरेका थिए ।
तर यो वर्ष लागेसँगै सम्बन्ध सुधारका प्रयासहरु भएका हुन् र त्यसको फलस्वरुप वार्ता सम्भव भएको हो । तर वार्ताकै तयारीका क्रममा पनि नहुने हो कि भन्ने आशंका धेरै पटक आए । दुई पक्षमा भएका प्रभावकारी कूटनीतिक वार्ताले ट्रम्प–किम वार्तालाई हुने बताएको हो ।
सिंगापुर पुगेपछि उत्तर कोरियाका नेता किमले भनेका थिए, ‘यो वार्तालाई सम्पूर्ण विश्वले चासोका साथ हरेको छ ।’ अमेरिका उत्तर कोरियाले परमाणु हतियार पूर्णरुपमा त्याग गरेको हेर्न चाहन्छ । तर उत्तर कोरिया त्यसको बदलामा के चाहन्छ भन्ने अहिलेसम्म खुलेको छैन ।
असार १, २०७५ मा प्रकाशित
nema
Show More

Related Articles

Back to top button