समाचार

अग्नि सापकोटालाई तत्काल पक्राउ गर्न माग गदै सर्वोच्चमा रिट

१० माघ, काठमाडौैँ÷ सभामुखका लागि प्रस्तावित उम्मेद्धारा अग्नि सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत रहेका सापकोटालाई तत्काल पक्राउ गरी फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा आज रिट निवेदन दर्ता गरिएको हो ।
अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दर्ता गर्नुभएको हो । काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा अदालतमा सापकोटाविरुद्ध विचाराधिन मुद्दा रहेकै अवस्थामा उनलाई नेकपाले प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गराउन लागेको आरोप लगाउँदै त्रिपाठीले उनलाई सभामुख निर्वाचित हुनबाट रोक्न र कानूनी कारवाही अघि बढाउन तत्काल पक्राउ गर्नुपर्ने जिकिर गर्नुभएको छ ।
साथै त्रिपाठीले उनलाई सभामुख निर्वाचित गराउने प्रक्रिया रोक्न पनि अदालतको आदेशको माग गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button