समाचार

७० बीघा जमिन भारतमा परेपछि कञ्चनपुरमा विवाद

५ फागुन, काठमाडौैँ÷ नेपाल–भारत संयुक्त सर्भे टोलीले कञ्चनपुरमा गरिरहेको सीमाको नक्शांकनको कामलाई लिएर विवाद सृजना भएको छ । नेपाली पक्षले २०२४ सालदेखि भोगचलन गर्दै आएको जमिन एकाएक सीमा नक्शांकनका क्रममा भारतमा परेपछि सीमा विवाद चर्किएको हो । बेलौरी नगरपालिका १० स्थित झण्डै ४० परिवारको जग्गाधनी दर्ता प्रमाण पूर्जा भएको ७० विघा बढी जमिन भारतमा परेको बताइएको छ ।
 
नेपाल र भारतको संयुक्त सर्भे टोलीले सीमा नक्सांकनको काम जारी राखेको छ । २०६० सालमा नापी विभागबाट खटाइएका मधुकर मास्केसहितको संयुक्त टोलीले बनाएको ‘स्ट्रीप म्याप’ का आधारमा नापी गर्ने क्रममा सो जमिन भारतमा परेको हो । टोलीको लापरबाहीका कारण नेपाली भूमि भारतमा परेको स्थानीयको आरोप छ । गलत ठाउँमा सीमांकन गरिएको भन्दै आक्रोशित स्थानीयले एउटा सहायक सीमास्तम्भ भत्काउनुका साथै स्तम्भ गाड्न बनाएका खाल्डासमेत पुरिदिएका छन् ।
 
यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा भने नक्शांकनको काम गर्ने वातावरण नभएकाले तत्कालका लागि काम स्थगित गरिएको र माथिल्लो निकायको निर्देशन पर्खिएको जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button