समाचार

राष्ट्रपति भण्डारीद्धारा लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा जोड

४ जेठ, बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा जोड दिएकी छन् ।
प्रदेश ५ सरकारले घोषणा गरेको पर्यटन बर्ष २०७६ को लुम्बनीबाट सुभारम्भ गर्दै भण्डारीले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन अहिलेको आबश्यकता भएको बताइन । बुद्ध परिपथ निर्माण गरी विश्वकै सांस्कृतिक पर्यटक स्थल बनाउनुपर्ने राष्ट्रपति भण्डारीको जोड छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताए । लुम्बिनी, लुम्बिनी जस्तो नभएको भन्दै उनले लुम्बिनी स्वच्छ, हराभरा बनाउनुपर्नेमा जोड दिए । बाहिर सिसौका रुखले उजाड भएको भन्दै उनले अब फलफूल रोप्नुपर्नेमा जोड दिए ।
नेपाल कहिलेपनि हिंसातर्फ नजाने भन्दै प्रधानमन्त्री ओलीले शान्तिकै बाटोमा हिड्ने स्पष्ट समेत पारेका छन् ।

nema
Show More

Related Articles

Back to top button