समाचार

विप्लवसँग तत्काल वार्ता गर्न कोक्यापको आग्रह

काठमाडौँ– शान्तिका लागि साझा अभियान (कोक्याप) ले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

कोक्यापले शुक्रबार विज्ञप्ति जारी गदै विप्लवसँग वार्ताको सार्थक प्रयास नगरिकन अकस्मात लगाइएको प्रतिबन्धले नेपाली जनता सम्भावित द्वन्द्वको त्रासमा परेको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो ।

विप्लव नेत्रित्वको नेकपाले देशका विभिन्न स्थानमा अशान्ति फैलाउने गरी बन्द, हडताल, आगजनी तथा बम विस्फोटन गराउने जस्ता क्रियाकलापबाट सर्वसाधारण नागरिकमा त्रास फैलिएको ९कोक्याप० को भनाइ छ । लोकतान्त्रिक संविधानमार्फत जननिर्वाचित सरकारले गर्ने निर्णय र लिने कदम सदैव लोकतान्त्रिक नै हुनुपर्ने ९कोक्याप०ले जोड दिएको छ ।

nema
Show More

Related Articles

Back to top button