समाचार

छठ पर्वको मुख्य विधि आज देखि शुरू

१४ कात्तिक, काठमाडौैँ÷ सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आज देखि शुरू भएको छ । मुख्य विधिअन्तर्गत आज पहिलो दिन अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । हिजोे माछा र कोदो बारेर शुद्ध खानेकुरा खाइ छठ पर्वको सुरुवात गरेका ब्रतालुले आज दिनभरि उपवास बस्ने चलन छ । आज दिनभरि ब्रत बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाइ अरबा अरबाइन अर्थात बिना नुनको खानेकुरा खाने गरिन्छ । परिवार र सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्व अन्र्तग भोली सांझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर खाएर गरी खरना गरिन्छ । त्यस्तै चौथो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने र पांचौ दिन बिहान उदाउदो सूर्यलाई अर्घ दिने प्रचलन छ । यो वर्ष छठ पर्वको मुख्य दिन शनिबार परेको छ । शनिवार अस्ताउंदो र आईतबार उदाउँदो सूर्यलाई अर्घ दिए पछि छठ पर्व समापन हुन्छ ।

nema
Show More

Related Articles

Back to top button