समाचार

सरकारी चिकित्सकहरु हातमा कालो पट्टी बाँधेर काममा

२ बैशाख, काठमाडौैँ÷ समायोजनप्रति असन्तुष्टि जनाउँदै सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकहरुले सोमवारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । लामो समयदेखि आकस्मिक बाहेकका सेवा ठप्प गरी आन्दोलनमा उत्रेका चिकित्सकहरु हातमा कालो पट्टी बाँधेर काममा खटिने भएका हुन् ।
पेशागत धर्म र बिरामीलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै तत्कालका लागि सेवा अवरुद्ध, धर्ना लगायतका आन्दोलनको कार्यक्रम स्थगित गरेको सरकारी चिकित्सक संघ गोदानले जनाएको छ । सरकारले कानुनी प्रावधान मिलाएर माग पूरा गर्न समय माग गरेपछि आन्दोलनका अन्य कार्यक्रम स्थगित गर्न सहमत भएको संघका अध्यक्ष दिपेन्द्र पाण्डेले बताए ।
दुई साताभित्र माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने संघको चेतावनी छ । समायोजनप्रति असन्तुष्ट चिकित्सकहरुले करिब दुई सातादेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए ।

nema
Show More

Related Articles

Back to top button