समाचार

विश्वको शान्तिपूर्ण देशको सूचीमा नेपाल ७६ औैँ स्थानमा

१ असार , काठमाडौैँ÷ विश्वको शान्तिपूर्ण देशको सूचीमा नेपाल ७६ औं स्थानमा परेको छ । ग्लोबल पिस इन्डेक्स जीपीआई अनुसार नेपाल गएको वर्षभन्दा आठ स्थानमाथि उक्लिएको हो । सन् २०१८ को प्रतिवेदनमा भने नेपाल ८४ औं स्थानमा रहेको थियो । अष्ट्रेलियाको थिंक ट्यांक इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस आईईपीले जारी गरेको प्रतिवेदन अनुसार १ सय ६३ देशमध्ये नेपाल ७६ स्थानमा परेको हो । प्रतिवेदन अनुसार, सबैभन्दा शान्तिपूर्ण देशको सूचिको पहिलो नम्बरमा आइसल्याण्ड छ । त्यस्तै न्यूजिल्याण्ड दोस्रो, अष्ट्रिया तेस्रो, पोर्चुगल चौथो र डेनमार्क स्थानमा छन् । यो सूचिको अन्तिममा दक्षिण एसियाली राष्ट्र अफगानिस्तान परेको छ । त्यस्तै सिरिया, दक्षिण सुडान, यमन र सुडान विश्वकै कम शान्तिपूर्ण देशको पुछारमा अटाएका छन् । १५ औं स्थानमा रहेको भुटान दक्षिण एसियाली राष्ट्रको पहिलो शान्तिपूर्ण देशको सुचीमा परेको छ । आईईपीले सामाजिक सुरक्षा र सुरक्षाको स्तर, चलिरहेको घरेलु र अन्तर्राष्ट्रिय संघर्षको सीमा तथा सैन्यकरणको अवस्थालाई मुख्य आधार मानी शान्तिपूर्ण देशको सूची सार्वजनिक गर्ने गरेको छ ।

nema
Show More

Related Articles

Back to top button