समाचारनेपाली कांग्रेस

सरकारको निरंकुशता विरुद्ध जेहाद छेड्ने शशांक कोइरालाको चेतावनी


९ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध जेहाद छेड्ने चेतावनी दिएका छन् । बुधवार आयोजित वी.पी स्मृति दिवसको अवसरमा कोइरालाले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका सबै नेता, कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आहृवान गरेका हुन ।
सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिनअघि आक्रमण गरेको स्मरण गराउँदै आक्रोश व्यक्त गरे । महामन्त्री कोइरालाले सरकारको ज्यादतिविरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गरेका छन् ।
सोहि कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाइ दम्भका साथ अधिनायकवादी चरित्र देखाइरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका सबै जनवर्गीय संगठनहरुलाई आग्रह गरे ।

nema
Show More

Related Articles

Back to top button