समाचार

सूचना प्रविधि विधेयकमा रहेको अभिब्यक्ति स्वतन्त्रणलाई बन्देज लगाउने प्रवाधान सञ्चाउन माग

१२ फागुन
नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने प्रावधान सच्याउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । आज सभामुख सापकोटालाई भेट्न पुगेको महासंघको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु रहेकाले त्यसलाई बन्देज लगाउने प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो । कार्यबाहक अध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टसहितको टोलीले सभामुख सापकोटालाई भेटेर अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार राख्ने कानून निर्माण गर्दा सरोकारवालाको आवाज सुन्न आग्रह गरेको छ । संसदबाट कानून निर्माण गर्ने क्रममा सरोकारवालासँगको छलफलमा वृद्धि गर्न पनि महासं‌घले आग्रह गरेको छ ।

nema
Show More

Related Articles

Back to top button