समाचार

बिहिवार अढाई घन्टा विमानस्थल बन्द हुने

१३, भाद्र काठमाडौैँ÷चौथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन भोली तीन देशका प्रधानमन्त्री काठमाडौं आउँदै छन्। करिब दुई घन्टाको अन्तरालमा भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री नेपालमा आउने भएका हुन । बिदेशी पाहुन आउने भएपछि बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब साढे दुई घन्टाका लागि बन्द गरिन लागेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहिबार साढे ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। मोदी चार्टर फ्लाइटमार्फत आउन लागेका हुन । मोदीको आगमन हुने समय भन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द हुने भएको छ।
बिहान ८ बजेर १५ मिनेटदेखि सबै उडान बन्द गरिने विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।
यसैगरी ९ बजेर १५ मिनेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना विमान बंगालमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ। नियमित उडानमार्फत आउने भएपनि उनको आगमन समय भने केही अगाडि सरेको जनाइएको छ ।
यस्तैगरी थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा बिहान सवा १० बजे काठमाडौं आउँदैछन्।
२ घन्टाको अन्तरालमा तीन देशका प्रधानमन्त्रीको आगमन हुने भएकाले उक्त अवधिमा विमानस्थलमा कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने छैन ।
यो बीचको समयमा आन्तरिक तर्फका करीव ३० उडान तथा अवतरण र अन्तर्राष्ट्रिय तर्फका २४ वटा उडान तथा अवतरण प्रभावित विमानस्थल कार्यालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button