समाचारनेपाली कांग्रेस

एमाले र माओवादी नेतालाई काँगे्स नेता गगन थापाको चेतावनी

१९ बैशाख, काठमाडौ÷ नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन ।
बुधबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए ।
एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर प्रचार गर्नु लज्जास्पद भएको बताएका छन ।
आफूहरु पदको भागबण्डामा नमिल्ने अनि बाहिर अदृश्य शक्ति र के के ले गर्दा एकता भाँड्न खोजिँदैछ भनेर अरुलाई दोष लगाउने, यस्ता कुरा गर्दा लज्जाबोध हुनुपर्ने उनको तर्क छ ।
युवा नेता थापाले सरकारका राम्रा कामहरुमा कांग्रेसले पूर्ण सहयोग गर्ने बताए । ध्वंशकारी भूमिका नखेल्ने भन्दै उनले भने, हिजो चुनावमा गरेका बाचाहरु सरकारले सकारात्मक ढंगबाट अघि बढाउन चाहन्छ भने सहयोग हुने उनले वचन दिए ।
कांग्रेसकै नेताहरुले सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताइरहँदा थापाले फरक मत राखे । नेपालका कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट पार्टीको चरित्र नै नभएको उनले बताए ।

nema
Show More

Related Articles

Back to top button