समाचार

विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ

चितवन । सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लोहनी सो समूहद्वारा सञ्चालित रातो खबरका सञ्चालकसमेत रहेको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button