समाचार

पुननिर्माणका लागि भारतद्धारा थप एक अर्ब ६० करोड सहयोग

२७ जेष्ठ, काठमाडौैँ÷ भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड रुपैैँया उपलब्ध गराएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन्।
भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिए। भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि नै २ अरव १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ । कार्यक्रममा बोल्दै नेपालका लागि भारतका राजदुत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए। २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलो धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए । तर नेपालमा सहयोग गर्ने वचन दिएपनि घोषणा गरेको सहयोगको पुरा रकम नेपाल सरकारले अहिलेसम्म पाउन सकेको छैन । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिब ७० प्रतिशत भन्दा बढी सम्पन्न हुनु आफ्नो मुलुकका लागि सुखद् बताएका थिए ।

nema
Show More

Related Articles

Back to top button