breakingसमाचार

पूर्व राजदुत झा मृत अवस्थामा भेटिए

काठमाडौँः फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा काठमाडौँको बबरमहलस्थित आफनै घरमा मृत अवस्थामा भेटिएका छन् ।
झालाई आफ्नै कोठामा टाउकोमा चक्कुले हानेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाका बताए । चक्कु पनि उनको टाउकोमै गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
८० वर्षीय झाको शव घरमै शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान अघि बढाइएको थापाले बताए ।
झा सुत्ने गरेको कोठा बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । महानगरीय प्रहरी परिसरको टोली पुगेर ढोका खोल्दा झा मृत अवस्थामा भेटिएका हुन ।
झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए । झाले नेपालको परराष्ट्र क्षेत्रमा ३४ वर्ष सेवा गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार झा नेपालको तर्फबाट फ्रान्समा ‘चिफ अफ प्रोटोकल’ अर्थात् राजदूत हुने पहिलो अधिकारी थिए ।

nema
Show More

Related Articles

Back to top button