समाचार

हुम्लामा अज्ञात रोगबाट मृत्यु हुनेको संख्या १० पुग्यो

१६ वैशाख, काठमाडौैँ÷ हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । अझै २ सय भन्दा बढी विरामी परेका छन् । ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण सोमवार थप १ जनाको मृत्यु भएसँगै मृतकको संख्या १० पुगेको हो । सोमवार ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।
आइतवार मात्रै प्रभावित क्षेत्रमा प्रदेश सरकारले हेलिकोप्टरबाट औषधिसहित चार जना चिकित्सकको टोली पठाएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ । सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारको समन्वयमा प्रभावित क्षेत्रमा चिकित्सकको टोली औषधिसहित पठाइएको जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button