समाचार

प्रदेश नंवर २ का मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक

७ जेष्ठ, २०७५, प्रदेश २ का मुख्मन्त्री लालबाबु राउतको अमेरिका भ्रमण सरकारले अस्वीकार गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राउतको भ्रमण अस्वीकार गर्ने निर्णय गरेको हो ।
 
राउत जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका भन्ने संस्थाको निम्तामा अमेरिका भ्रमणमा जान पाऊँ भनी संघीय सरकारसमक्ष अनुरोध गर्नुभएको थियो । प्रदेश भित्रै आर्थिक २०७५र७६ को नीति, बजेट निर्माण तथा कार्यक्रमलगायतका संगठनात्मक संरचनाका महत्वपूर्ण कामहरु गर्नुपर्ने समय परेकाले त्यस प्रस्तावलाई जान अनुपयुक्त देखिएको भन्दै सरकारले भ्रमण प्रस्ताव अस्वीकृत गरेको हो ।

nema
Show More

Related Articles

Back to top button