breakingसमाचारविचारवी पी विचार

चिकित्सकको लाइसेन्स परीक्षामा १ हजार १७६ जना फेल

 २०७९ असोज ९ गते

९ असोज, काठमाडौं ।

६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा)मा ५७ दशमलव ६८ प्रतिशत अर्थात १ हजार १७६ जना अनुत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार ३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् ।

बिहीबार, शुक्रबार र शनिबार लाइसेन्सको परीक्षा भएको थियो । काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए । जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भए भने २१ जना अनुपस्थित रहे ।

उनका अनुसार डेन्टल (बीडीएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडप्एस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् ।

nema
Show More

Related Articles

Back to top button