समाचार

मंगल ग्रहमा युएईद्वारा पहिलो यान प्रक्षेपण 

यूएई । संयुक्त अरब इमिरेट्‌सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक मिसनअन्तर्गत एक यान प्रक्षेपण गरेको छ ।
जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिसनले करिब ५० करोड किलोमिटर दूरी तय गरेपछि मंगल ग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ ।

यसअघि प्रक्षेपण गरिएकाका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित भएका थिए । सन् २०२१ को फेब्रुअरी अर्थात यूएई स्थापनाको ५० औं वार्षिकोत्सवमा होप मंग्रल ग्रह पुग्‍ने जनाइएको छ ।
यही महिना मंगलग्रहमा जान लागेका तीनवटा मिसनमध्ये यूएईको होप मिसन एक हो ।
अन्तरिक्षयानको नमुना र निर्माण दुवैमा यूएईको सीमित अनुभव छ । तर पनि अमेरिका, रुस, युरोप र भारतले मात्रै सफलता हासिल गरेको काममा यूएई प्रयासत छ । अमेरिकी विज्ञको अनुभवी परामर्श पाएका यूएईका इन्जिनियरहरूले ६ वर्षमा एउटा परिष्कृत यान निर्माण गरेका हुन् ।
र यो भू-उपग्रह मंगल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्‍ने ताजा विवरणहरूको खुलासा गर्ने जनाइएको छ । उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भू-उपग्रहले अध्ययनहरू गर्नेछ ।
 

nema
Show More

Related Articles

Back to top button