समाचार

अमलेखगञ्ज डिपोमा पेट्रोलिय पदार्थको लोड अनलोड ठप्प

२१, जेष्ठ काठमाडौ÷बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड र अनलोड ठप्प भएको छ । भारतीय शहर रक्सोलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि लोड÷अनलोड ठप्प भएको हो । आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोडको काम प्रभावित भएको नेपाल आयल निगमले जनाएको छ ।
 
ट्यांकर चालकहरुले भारतीय प्रहरीका जवानहरुले आफूलाई निर्घात कुटपिट गर्दै ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै निगम कार्यालय अगाडि धर्ना दिएका छन् । भारतीय प्रहरीको ज्यादती नरोकिएसम्म ट्यांकर लोडरअनलोड नगर्ने चालकहरुले बताएका छन् । यसअघि पनि चालकहरुले भारतीय प्रहरीबाट दुव्र्यवहार हुने गरेको भन्दै गुनासो गर्ने गरेको र आन्दोलित पक्षसँग वार्ता गर्ने उनले जानकारी दिए

nema
Show More

Related Articles

Back to top button