समाचारवी पी विचारनेपाली कांग्रेस

वीपी विचार राष्ट्रिय समाजकाे बाग्मती प्रदेश को गोष्ठी सम्पन्न

 
काठमाडौ ,असोज ५
 
वीपी विचार राष्ट्रिय समाजकाे बाग्मती प्रदेश  को आयोजनामा समाजको केन्द्रिय समितीको समन्वयमा यही असोज ४ गते “वर्तमान राजनितीक परिप्रेक्षमा वीपी विचारको सान्र्दभिकता ” बिषयक ZOOM गोष्ठी सम्पन्न भयो । कार्यक्रमका प्रमख अतिथी नेपाली काँग्रेसका पुर्व महामन्त्री तथा वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सभापत्ति कुल वहादुर गुरुङ्गले भन्नुभयो ः वीपीको सिद्धान्त, आर्दश र विचारहरु हामीले कहिल्यै पनि भुल्न हुदैन भन्नुभयो । वी. पी. कोइरालाका विचारहरु अहिले अझ सान्धर्भिक  भएका छन ।  वी. पी. कोइरालाले सधै जनताको चिन्ता गर्नु हुन्थ्यो  भने अहिलेको कांग्रेस नेतृत्व सधै आफनै मात्र चिन्ता गरी रहन्छ यहि भिन्नता वी.पी. र अहिलेको नेत्रीत्व विचमा छ उहाले भन्नु भयो । उक्त कार्यक्रममा अर्का बक्ता वीपी विचार राष्ट्रिय समाजका सह–सभापत्ति गोविन्दराज जोशीले भन्नुभयो नेपाली काँग्रेसको स्थापना वीपीले गर्नुभएको हो । त्यसैले हामी उहाँको विचारलाई स्मरण गर्छौ । नेपाली काँग्रेसको मूलभूत आर्दश भनेको राष्ट्रियता ,प्रजातन्त्र र समाजवाद हो । यो कुरालाई नेपाली काँग्रेसले समात्नुपर्छ । वीपीको आर्दश र सिद्धान्त जन्तामा छ , भने अहिलेको काँग्रेस सक्तामा छ ,अहिलेको नेतृत्वले वीपीको विचार बुझेको छैन ,अहिले विरासतको राजनितीक भईरहेको छ । वीपको सिद्धान्तलाई अँगालेर कसैले हिँडेको छैन । यो दुर्भाग्यको कुरा हो । वीपीले आफ्नो जीवनको अन्तयमा भनेका थिए । यदि तिमीहरुलाई नेपालको बारेमा निर्णय गर्न कुनै दुविद्धा हुन्छ , भने एउटा हातले एकमुठी माटो लिग र अर्को हात छातीमा राखेर सोच तिमीहरुलाई के उचित लाग्छ , त्यो गर भनेर उहाँ नेपालको बारेमा विदेशमा निर्णय गर्न राम्रो हुदैन भनेर आठ वटा ज्यानको मुद्धा लाग्दा पनि उहाँ नेपालमा आउनुभयो त्यसको ठीक विपरीत हामीले १२ बुँदे सम्झौता दिल्लीमा ग¥यौ । अहिले नेपाली कांग्रेसको अदर्श सहमती ,सहकार्य र एकता हो । यसको लक्ष सक्त हो । राष्ट्रियता ,प्रजातन्त्र र समाजवाद–सिद्धान्तमा आधारित छ  ,उहाँले भन्नुभयो । कार्यक्रममा  वीपी विचार राष्ट्रिय समाजका महा –सचिव विनय ध्वज चन्दले भन्नुभयोे ःनेपाली काँग्रेसको वैचारीक विचलन पछि वीपी विचार समाजको गठन भयकाो हो । , नेपाली काँग्रेस देशको र जन्ताको लागि हो , हामी सबैलै काँग्रेसलाई बचाउनुपर्छ । वीपीले भन्नुभएको थियो ः – “म मरेपछि मेरो विचारमा भ्रम सिर्जना हुन्छ ,यो मलाई पक्का छ ”। अहिलेको राजनितीक यस्तै छ । अहिलेको राजनितीक सक्ता र पदको लागि चलिरहेको छ ,उहाँले भन्नुभयो । कार्यक्रममा कार्यक्रमका प्रमुख वक्ता तथा परराष्ट्रविद दिनेश भट्टराईले चिन सँगको सीमा सम्झौता वीपीको पालामा भएको हो । वीपीले भौगोलिक धरातलीय यर्थाथलाई ध्यानमा राखेर काम गर्नुहुन्थ्यो । वीपीले परराष्ट्रनितीलाई प्रेडिकटेवल फर्ममा राखेर काम गर्नुहुन्थ्यो, जुन कुरालाई यथार्थमा ल्याउन सकिन्छ , त्यही कुरा मात्र बोल्नुहुन्थ्यो ,वीपीको पालामा परराष्ट्र निती एकदम सान्दर्भिक थियो । वीपीको पालामा परराष्ट्र निती सबैले विश्वास गर्ने सक्ने,स्पष्टता र स्वतन्त्रता र मैत्रीपूर्ण थियो । परराष्ट्रनिती र कुटनितीक सम्बन्धलाई बलियो बनाउनको लागि वीपीको कल्पनशिलता, सृजनशिलता ,चिन्तनशीलता र बौद्धिकतालाई बुझ्न सक्ने हुनुपर्छ । अनि मात्र परराष्ट्रनिती बलियो हुन्छ , उहाँले भन्नुभयो ।
स्वागत मन्तव्य दिदै वीपी विचार राष्ट्रिय समाज धादिङका सिभापति हरि भक्त त्रिपाठीले भन्नुभयो ःअहिलेको राजनितीक अवस्था दयनीय रहेको छ । वीपीले राष्ट्र र जन्ताको लागि योग्दान दिएका थिए , भने अहिलेको काँग्रेसले वीपीले जन्माएको सिद्धान्तलाई भुल्यो । अहिले राष्ट्रियता ,सार्वभौमिकता प्रति खतरा हुन थाल्यो , राष्ट्रियता ,सार्वभौमिकता र धार्मिक सहिष्णुता प्रत्ति योगदान दिने व्यक्तिहरु अब त देशको झण्डानै फेर्नुपर्छ , भन्न थालेका छन् । अब नेपाली काँग्रेसलाई बलियो बनाउनको लागि राष्ट्रियता ,प्रजातन्त्र र समाजवादलाई जोगाउनको लागि प्रत्यक गाँउ –गाँउमा गएर काँग्रेस भावना राख्ने, काँग्रेसलाई बढी चासो दिने वीपीको सिद्धान्त र विचारलाई मनन गर्ने व्यक्तिहरुलाई काँगे्रसमा ल्याउनुपर्छ , उहाँले भन्नुभयो । त्यसैगरी कार्यक्रम कै क्रममा विनोद कोईराला, वसन्त जंग ठकुरी ,गीता रेग्मी ,ईश्वरी लौडारी , साधुराम खड्काले मन्तव्य दिनुभयो । नेपाली काँग्रेस प्रदेश नं ३ का सभापति खेमराज सेँढाईले हामी सबैले वीपीको आर्दशहरुलाई लिएर अघि बढ्नुपर्छ ,भन्दै कार्यक्रमामा सहभागी सम्पूर्ण नेतृत्ववर्ग लाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको संचालन वीपी विचार राष्ट्रीय समाज चितवनका सभापति डा. हरी कडेलले गर्नु भएको थियो ।

nema
Show More

Related Articles

Back to top button