समाचारविश्व

दक्षिण र उत्तर कोरियाको उच्चस्तरीय वार्ता स्थगित, अमेरिकासंगको वार्ता पनि अन्योलमा ।

काठमाडौं, जेठ २ । उत्तर कोरिया र दक्षिण कोरियाबीच आज(बुधवार) हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले अकस्मात रद्ध गरेको छ ।
उत्तर कोरियाली नेता किम जोन उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै असन्तुष्टी जनाउँदै वार्ता रद्द गरेको उत्तरकोरियाली सरकारी समाचार संस्था केसीएनएले उल्लेख गरेको छ ।
यी दुई राष्ट्रबीच पनमुनजोममा बुधवार उच्चस्तरीय वार्ता गरी विगतमा दक्षिण र उत्तर कोरियाका दुई नेताबीच भएको ऐतिहासिक वार्ताका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्ने योजना थियो ।
उत्तर कोरियाको यो निर्णयले आगामी जुन १२ मा अमेरिकासँग हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ ।
अमेरिका र दक्षिण कोरियाले गत शुक्रबार मात्रै बी ५२ बमबर्षक विमान र एफ १५ जेट विमानका साथमा एक सय लडाकु विमान तैनाथ गरेको थियो ।
उत्तर कोरियाको यो निर्णयप्रति दक्षिण कोरियाको कुनै प्रतिक्रिया आएको छैन ।एजेन्सी

nema
Show More

Related Articles

Check Also
Close
Back to top button