समाचारनेपाली कांग्रेस

महामानव वीपी कोईरालाको १०७ औं जन्म जयन्ती प्रदेश नं २ सम्पन्न

 
 
जनकपुर भाद्र ३१,
वीपी विचार राष्ट्रिय समाजको प्रदेश नं २ को आयोजनामा समाजको केन्द्रिय समितीको समन्वयमा भाद्र ३० गते “वर्तमान राजनितीक परिपेक्षमा वीपी विचारको सान्र्दभिकता ” बिषयक गोष्ठी श्इइः कार्यक्रम गरी सम्पन्न भयो । प्रमख अतिथी नेपाली काँग्रेसका पुर्व महामन्त्री तथा वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सभापत्ति कुल वहादुर गुरुङ्गँले भन्नुभयो ः वीपीले जनताको लागि आवाज वोल्नु हुन्थ्यो ,अहिलेका नेताहरु आफनो लागी वोल्दछन । कार्यक्रममा विशेष अतिथी तथा वीपी विचार राष्ट्रिय समाजका सह–सभापत्ति गोविन्दराज जोशीले भन्नुभयो वीपीको विचार भनेको राष्ट्रियता ,प्रजातन्त्र र समाजवाद हो जो जन्तामा आधारित छ । अहिलेको संविधानमा लेखिएको गणतन्त्र ,धर्मनिरपेक्षता र संघियता ०६२÷ ०६३ को आन्दोलनको मुल नारा सहमती ,सहकार्य र एकतामा आधारित को परीणाम हो । यो फरक नेपाली काग्रेसले छुटयाउनु पर्दछ । नेपाली काँग्रेसको अहिलेको अधिवेसनमा विचारको प्रतिस्पर्धा हुनुपर्नेमा विरासतको प्रतिस्पर्धा हुनु लागेको हुदा त्यो अवूथा आउनु दुःखको कुरा हो । कार्यक्रमका अतिथी तथा वीपी विचार राष्ट्रिय समाजका महा –सचिव विनय ध्वज चन्दले ःवीपी कोइरालाले नेपाली काँग्रेसको निर्माण गर्नुभएको हो ,भने नेपाली काँग्रेसले अन्य सबै नेताहरुको निर्माण गरेको हो । त्यैसैले सबैको उद्देश्य नेपाली काँग्रेसलाई बनाउनुपर्नेमा वर्तमान नेतृत्व आफू बलियो हुन काँग्रेसलाई प्रयोग गर्नु दुखको कुरा होृ भन्नु भयो । पार्टी अहिले विधान विपरीत चलिराखेको छ । महाधिवेसनको मुखमा ५० औं वर्ष काँगे्रसमा योगदान दिएका नेताहरुलाई अनुशासनको नाममा तर्साउनु दुःखको कुरा हो उहाँले बताउनुभयो । कार्यक्रम सञ्चालन प्रदेश नं २ का सचिव रामशरण चिमौरीयाले गर्नुभएको थियो । स्वागत मन्तवयमा वीपी विचार राष्ट्रिय समाजका धनुषाका सभापति सुरेश कोईरालाले भन्नुभयो वीपीले देखाएका बाटोहरु हामीले आत्मसात गरे जनता ,समाज र देश आर्थिकरुपले सम्पन्न हुने ,हरेक जातजाति ,धर्म र अधिकारहरु सुनिश्चित हुने र मुलुक लोकतान्त्रिक पद्धती र मूल्यमान्यता बाट अगाडि बढ्दै जाने कुरा उहाँले स्पष्ट पार्नु भयो ।
उत कार्यक्रममा मन्तव्य दिनुहुन धर्मन्द्र पट्टेल , रामबाबु यादब , लक्ष्मण राय यादव , बजरङ्ग शाह ,सोभा चेङ्गजोङ आदिले वक्ताले मन्तव्य दिनुभयो । उक्त कार्यक्रममा प्रमुख वक्ता सूर्य ढुङ्गलले वीपीले गरेका कार्य ,वीपी सपना यो देशमा लागु हुन सके जनता हरेक दृष्टिकोणले सम्पन्न हुने कुरा प्रस्ट पार्नुभयो । विपीका निर्वासित जीवन , साहित्यक जीवन वीपीका वैचारीक जीवन बाट प्रभावित भई देशवासी काँेग्रेसको विचार धाराप्रति आस्था राख्नाथाले काँग्रेसको बाटो अग्रस्थानमा हुन्छ उहाँले भन्नुभयो । कार्यक्रमका अर्का वतmा राजन दाहालले भन्नुभयो ः– नेपाली काँगे्रसका पूर्वमन्त्री तथा वीपी विचार राष्ट्रिय समाजका सह सभापत्ति गोविन्दराज जोशीलाई अनुशासन समितीले गरेको कारबाही अनैतिक र असान्दर्भिक रहेको कुरा बताउदै नेपाली काँगे्रस आजको अवस्थामा खस्कदो रहेको देखिन्छ । प्रमाण नै नभई कारबाही हुनु भनेको नेतृत्वमा वायसनेस हुनु हो । यस्तै अवस्था नेपाली काँग्रेसमा आयो भने काँग्रेस अधोगतीतिर जान्छ । वीपीको व्यबहार सँस्कार प्रजातान्त्रिक विचारलाई अघि बढाउने नेतृत्व वीपीमा थियो । कम्यूनिस्टको नियन्त्रण सहिदको समाजवाद र वीपीको स्वतन्त्रता सहिदको समाजवादको भिन्नता वैचारीक स्वतन्त्रता हो ,उहाँले भन्नुभयो । त्यसैगरी नेपाली काँग्रेस प्रदेश नं २ का सभापति चुन्नीशरण यादवले भन्नुभयो ः अहिलेको काँग्रेसले वीपीले दिएको बाटोलाई बिर्सको छ । वीपीले दिएको उर्वर भूमिलाई बिर्सको छ । भन्दै नेपाली काँगे्रसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीलाई गरेको कारबाही अत्यन्तै निन्दनीय छ ,भन्दै कार्यक्रमामा सहभागी सम्पूर्ण नेतृत्ववर्ग लाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button